• २१ असोज २०८३, बुधबार
  • ९ः२१ बिहान

बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन प्राधिकरणको आग्रह

प्रकाशित मिति

२०८० पुष २४ गते, मंगलवार ०८:३८

पुस २४, २०८० काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ ।

National Life

सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको हो ।

“प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको छ,” सार्वजनिक सूचनामा उल्लेख छ, “यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन आग्रह छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

समयमै विद्युत् महसुल नबुझाउने उद्योगको लाइन प्राधिकरणले काटिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंकलाइन विवादका कारण ८५ हजारले रोजगारी गुमाएको बताउँदै आएका छन् ।

प्रतिकृया