• १० असोज २०८३, शनिबार
  • ४ः३२ बेलुका

नागार्जुनको सार्वजनिक सुनुवाईमा विभिन्न जिज्ञासा

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार ११:१०

पुस २३, २०८० काठमाडौँ: नागार्जुन नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागिले नगरपालिकाका विभिन्न विषयमा सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा राखेका थिए । सहभागिले सडक खण्ड कालोपत्रे सडक निर्माण पर्यटन सुचना केन्द्र पार्क निर्माण, शिक्षा स्वास्थ्य रोजगार, नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सेवा प्रवाह, सुशासन लगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थिए । त्यस्तै करको दरभन्दा दायरा बढाउनु पर्ने, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, कानुन निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने । वर्षातको पानीलाई संरक्षण गर्नुपर्ने नीति नगरपालिकाले बनाई कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

National Life

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिले नगरपालिका क्षेत्रमा थुप्रै पर्यटकीय संभावना रहेकाले नगरपालिकाले पर्यापर्यटनका क्षेत्रमा एकीकृत योजना बनाउनुपर्ने, खेतीयोग्य जमिनमा आवास निर्माण गर्न रोक्नुपर्ने, दीगो विकासका लक्ष्य हासिल गर्ने गरी काम गर्न सेवाग्राहीले सुझव राखेका थिए ।

स्थानीय सेवाग्राहीले सामाजिक र आर्थिक विकास लागि रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न सुझाव दिएका छन् । रणनीतिक योजना विना नगरपालिकाको समग्र विकास हुन नसक्ने भन्दै रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न सुझाव दिएका हुन् । नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने, सेवाग्राहीलाई सेवा झन्झटिलो रहित बनाउनुपर्ने, वातावरण दैनिक प्रदूषित बन्दै गएकाले नगरपालिकाले वातावरण संरक्षण गर्नुपर्ने, अव्यवस्थित रूपमा सञ्चालन भएका पानीका बोरिङ्गलाई व्यवस्थित बनाउनुपर्ने सुझाव सेवाग्राहीको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सार्वजनिक सुनुवाइमा स्थानीय सेवाग्राहीले राखेका जिज्ञासाको उत्तर दिँदै नगरपालिकाका प्रमुख मोहनबाहदुर बस्नेतले सबैको सल्लाह र सुझावलाई शिरोधार्य गर्दै आगामी दिनमा प्राप्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उठेका विभिन्न प्रश्नको जवाफका क्रममा प्रतिनिधि सभा सदस्य गणेश पराजुली, बाग्मती प्रदेश सभा सदस्य उद्धव थापा, केशव प्रसाद पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारी लगायतले उठेका प्रश्नको समग्रमा जवाफ दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका अगुवा, स्थानीय बासी लगायतको उलेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया