• ११ असोज २०८३, आइतबार
  • ६ः०० बेलुका

ओलीलाई भेट्न रवि बालकोट पुगे

प्रकाशित मिति

२०८० पुष २० गते, शुक्रबार ०१:२५

पुस २०, २०८० काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

National Life

शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् । दुई नेताबीच कुराकानी भइरहेको भएपनि भेटवार्ताको विषय भने खुलाइएको छैन ।

सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय मागेका थिए । तर, ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट हुन नसकेको एक एमाले नेताले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया