• ११:३५ २०८० फाल्गुन ११ गते
  • 11:35 am

विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०८० पुष २० गते, शुक्रबार १२:४८

accident e1697881078568

पुस २०, २०८० काठमाडौँ: देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । यसै क्रममा कपिलवस्तु नगरपालिका-१० पचेहरास्थित सडकमा लु.२ त ११६४ नम्बरको ट्याक्टरले लु. प ६७४९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने २३ वर्षीय परदेशी कसौधनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै राप्ती सोनारी गाउँपालिका-४ धामपुरस्थित सडकमा भे.१ ख ४१३६ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय मंगरू थारूको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-११ पिजी चोकमा प्र.१-०५-००१ प ७४३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय मनोज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया