• ४ साउन २०८३, सोमबार
  • ६:५१ बेलुका

नेपाली युवक कोरियामा सुतेकै अवस्थामा मृत भेटिए

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार १२:१९

पुस १३, २०८० विराटनगर : रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति–३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन् ।

पाँच वर्षअघि इपिएस कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थिए । गत वर्ष उनी विदामा केही समयका लागि घर आएर फर्किएका थिए ।

Kamana Sewa

प्रतिकृया