• १३ असोज २०८३, मंगलबार
  • ५ः२४ बिहान

संघीय संसद्का सदस्यहरुका लागि बेइजिङमा सकियो १० दिने कार्यशाला

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार ११:३९

पुस १३, २०८० बेइजिङ : संघीय संसद्का सदस्यहरुका लागि आयोजना गरिएको १० दिने कार्यशाला बिहीबार बेइजिङमा समापन भएको छ । चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए ।

National Life

समापनका अवसरमा भएको कार्यक्रममा एआईबीओका उपप्रमुख छेन रुइचुनले नेपालका कानून निर्माताहरुका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे । ‘हामीले सुरुवातमात्र गरेका छौं,’ उनको भनाइ थियो, ‘अनुभव आदान प्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’

सयौंपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो भन्ने चिनियाँ भनाइ उद्धृत गर्दै उनले विकास निर्माणमा चीनले प्राप्त गरेको सफलता अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली प्रतिनिधि मण्डलका सदस्य एवं नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले राष्ट्रपति सी जिनफिङको नेतृत्वमा प्राप्त गरेको सफलताले चीन विश्वकै लागि अवलोकनस्थल भएको उल्लेख गरे । उनले विगतमा भएका सहमतिको कार्यान्वयनमा जोड दिँदै नेपाल बीआरआईको हिस्सेदार हुन पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिकृया