• १० असोज २०८३, शनिबार
  • ९ः४४ बिहान

आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार १०:४५

पुस १३, २०८० काठमाडौँ: वेस्ट ह्यामसँग २–० ले पराजित भएपछि इंग्लिस प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । बिहीबार राति घरेलु मैदान इमिरेट्समै आर्सनल स्तब्ध भएको हो । वेस्ट ह्यामको जितमा थोमस ससेक र कोन्स्टान्टिनोस माभ्रोपानोसले गोल गरे ।

National Life

खेलको १३औँ मिनेटमा ससेकको गोलमा वेस्ट ह्यामले घरेलु टिमविरुद्ध अग्रता बनाएको थियो । ५५औँ मिनेटमा माभ्रोपानोसले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे ।

खेलको इन्ज्युरी समयमा वेस्ट ह्यामले गोलको सुन्दर अवसर खेर फाल्दा अग्रता बढाउन सकेन । वेस्ट ह्यामका साइद बेनराह्माले पेनाल्टी खेर फालेपछि खेल २–० मै सकिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

जितसँगै १९ खेलबाट ३३ अंक जोडेको वेस्ट ह्याम तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । हारसँगै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको आर्सनल १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा छ । आर्सनलभन्दा अगाडि रहेको लिभरपुलले १९ खेलबाट ४२ अंक जोडेको छ ।

प्रतिकृया