• १० असोज २०८३, शनिबार
  • १०ः३२ बिहान

हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाए, यलम्बरको राखे

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार ०७:५६

पुस १३, २०८० मोरङ : सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्।

National Life

बिहीबार कार्यालय समयमा आएका मेयर राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर एकैपटक हटाएका हुन्। मेयर राईको कार्यकक्षबाट दुवै तस्बिर हटाएर उनले किराँती राजा यलम्बरको तस्बिर राखेका छन् ।

बुधबार राति सामाजिक सञ्जालबाट उनले दुवै जनाको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने घोषणा गरेका थिए। सो क्रममा उनले धरानलाई प्रधानमन्त्री र राष्ट्रपतिले जुन दिन महत्व दिनेछन् सोही दिनबाट तस्बिर राखिने बताएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्काेतर्फ, धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले धरानका मेयर राईले कानुनविपरीत काम गरेको आरोप लगाएका छन् । उनले राष्ट्रप्रमुखको मानमर्दन हुने गरी तस्बिर हटाएकोमा आपत्ति जनाएका छन्।

प्रतिकृया