यती एयर दुर्घटना : आयोगले बुझायो अन्तिम प्रतिवेदन
प्रकाशित मिति
२०८० पुष १२ गते, बिहीबार ०४:२३
पुस १२, २०८० काठमाडौँ: दुर्घटना जाँच आयोगले पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे न्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । २०७९ माघ १ मा पोखरामा भएको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो ।
दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो ।
दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । साथै उनले यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत बताए ।
नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनासकारी दुर्घटना हो ।








प्रतिकृया