सन्दीप पक्षका वकिलले बहस गर्दै, के आज फैसला आउँछ ?
प्रकाशित मिति
२०८० पुष १२ गते, बिहीबार ०९:००
पुस १२, २०८० काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्दै छन् । जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि हिजोबाट सन्दीप पक्षका वकिलले बहस सुरु गरेका हुन् ।
‘हेर्दा हेर्दै’मा मुद्दामा आज पनि सुनुवाइ हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको थियो ।
सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षका वकिलमध्ये मुरारी सापकोटाले मात्र बहस गरेका छन् । सापकोटाले जम्मा २० मिनेट मात्र बहसका लागि समय पाएका थिए । उनले आज पनि बहस हुने बताएका छन् ।
उनका अनुसार सन्दीपका पक्षबाट ६ जनाले बहस गर्दैछन् । सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।








प्रतिकृया