• १२ असोज २०८३, सोमबार
  • ६ः०० बिहान

१ करोड भन्दा बढि घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

प्रकाशित मिति

२०८० पुष ११ गते, बुधबार ०३:१६

पुस ११, २०८० पोखरा : पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस लिएको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी पर्वतले बुधबार प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

National Life

पराजुलीलाई बुधबार पक्राउ गरिएको र आजै कास्की पठाउने तयारी भैरहेको पर्वत प्रहरीका डीएसपी खुमलाल भुसाललेले जानकारी दिए । सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरिएको थियो । पराजुली यसअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए ।

प्रहरीको अनुसार उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया