• 2:27 am

वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा २६० जनाको उद्धार

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार १०:२८

पुस ८, २०८० वीरगञ्ज (पर्सा) : वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा २६० जनाको उद्धार भएको छ । माइती नेपालले २५७ महिला र तीन बालकलाई उद्धार गरेको हो ।

उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोसी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ वाग्मती प्रदेश, ३३ कोसी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सातजना सुदूरपश्चिम प्रदेशका छन् ।

वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भंगहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ ।

प्रतिकृया