• ११ असोज २०८३, आइतबार
  • ९ः३६ राती

गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार ०८:४२

पुस ८, २०८० महोतरी : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी चढ्ने गाडीमा आगजनी भएको छ । गएराति गौशाला नगरपालिका–१ रामनगरस्थित उपमेयरकै निजी निवास अगाडी पार्किङ गरिएको प्रदेश २–०२–००१झ ०००५ नम्बरको स्कारपियोमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

National Life

‘गाडीमा कसले र किन आगो लगाइएको भन्ने विषयमा केही खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाइएको छ । घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक यादवले भने, ‘अगाडी र पछाडीको टायरसहित आंशिक भागमा क्षति भएको छ ।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।

पार्किंग गरि राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका आंशिक भागमा क्षति पुगेको छ । गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानीय हरि महतोले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया