• 12:20 pm

३० लाख धरौटीमा खाँणलाई रिहा गर्न उच्चअदालतको आदेश

प्रकाशित मिति

२०८० मंसिर २८ गते, बिहीबार ०५:३९

मंसिर २८, २०८० काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाँझिएको थियो । उनीहरूबीच राय बाँझिएका कारण तेस्रो न्यायाधीशकोमा पठाउने आदेश अनुरुप बिहीबार कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।

कोइरालाले मंसिर १५ गते न्यायाधीश पाण्डेले राखेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले खाँण धरौटीमा रिहा हुने आदेश जानकारी गराउँदा अदालतभित्रै पुगेका खाँणका समर्थकहरूले खुसी व्यक्त गरेका थिए ।

प्रतिकृया