• 10:39 am

तस्बिरमा नेविसंघको खबरदारी :कांग्रेस सरकारमा हुँदा कुशासन किन ?

प्रकाशित मिति

२०८० मंसिर २८ गते, बिहीबार १२:४३

मंसिर २८, २०८० काठमाडौँ : नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्‍याली निकालेको छ । बिहीबार बिहान काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट निकालेको र्‍याली शान्ति बाटिका पुगेको थियो ।

र्‍यालीमा सहभगीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै उनीहरुले कांग्रेस सरकारमा हुँदा कुशासन किन रु भनेर प्रश्न समेत गरेका छन् ।

नेविसंघले एनसेल खरिदबिक्री प्रकरणका सन्दर्भमा नियामक निकायहरूको बदनियतपूर्ण कमजोरी, सोनारा एक्जियाटाले गरेको कानुनी छिद्रहरूको गलत प्रयोग र राजनीतिक आडमा गरिएको खरिदले निम्त्याएको भ्रष्टाचार र आर्थिक अपचलनका विरुद्ध सरकार, सोनारा एक्जियाटा र खरिदकर्तालाई प्रश्न समेत गरेको छ ।

प्रतिकृया