• १५ असोज २०८३, बिहीबार
  • ४ः५४ बिहान

सीटीईभीटीको रिक्त रहेको सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार ०५:२५

मंसिर २६, २०८० काठमाडौँ: प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस गर्न बनेको समितिको बैठकले ३ जनाको नाम सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सदस्य सचिव नियुक्त गर्नेछ ।

National Life

समितिका सदस्य समेत रहेको शिक्षा सचिव सुरेश अधिकारीले तीन जनाको नाम सिफारिस गरिएको बताए । जसमा महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरेको हो ।

उनीहरूले प्रस्तुत गरेको कार्यपत्रको मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा नाम सिफारिस गरिएको सचिव अधिकारीले बताए । गत असोज १५ गते बसेको समिति बैठकले ८ जनाको नाम प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि छनौट गरेको थियो । जसमा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्यको नामावलीको सूची प्रकाशन गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सदस्य सचिव सिफारिस गर्न प्राप्त हुन आएका दरखास्तका आधारमा ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिव तोक्नका लागि गठित सिफारिस समितिको बैठक सम्बन्धी कार्यविधि २०८०’ को दफा १० बमोजिम नामावलीको सूची प्रकाशन गरिएको सचिव अधिकारीले बताए ।

प्रतिकृया