• १५ असोज २०८३, बिहीबार
  • ५ः३३ बिहान

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार ०५:००

थानीले दिलाए निगमलाई आर्थिक वर्ष २०७९/८०मा १८ अर्ब नाफा

National Life

मंसिर २६, २०८० काठमाडौँ: नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् । यद्यपि, राजीनामाका कारणबारे भने खुलाइएको छैन ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन्।स्रोतका अनुसार थानी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट छन्।श्रोेतका अनुसार उनले कांग्रेसको केन्द्रीय सदस्यमा जान पनि लविङ गर्दै आएका छन्।उनी यस अघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र  इन्जिनियरिङ परिषद्को रजिस्ट्रार भएर पनि काम गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

अधिकांश सरकारी स्वामित्वका संस्थानहरुमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने, धरासायी हुने समस्या देखिरहेको अवस्थामा थानीको कार्य सम्पादन उत्कृष्ट भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयको मूल्यांकनमा थानीको कार्य सम्पादन उत्कृष्ट भएर ९०.५ अंक प्राप्त गरेका थिए ।

थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता र सरकारको ७ अर्ब ऋण तिरेर निगमलाई ऋणमुक्त गराएका थिए।थानीले निगमलाई आर्थिक वर्ष २०७९/८०मा १८ अर्ब नाफा समेत लगेका थिए।

प्रतिकृया