• २० भदौ २०८३, शनिबार
  • २ः०३ राती

मुल्यवृद्धि र नीतिगत दर सन्तुलनमा रहनेगरी माैद्रिक नीतिकाे समीक्षा : गर्भनर अधिकारी

प्रकाशित मिति

२०८० मंसिर २२ गते, शुक्रबार ०४:२६

मंसिर २२, २०८० काठमाडौँ: नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले आगामी दिनमा मूल्य वृद्धि कम हुने जानकारी दिएका छन । शुक्रबार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले मुद्रास्फीति दर चालु आर्थिक वर्षको चौथो महिना (कात्तिक मसान्त) सम्ममा घट्ने बताएका हुन ।

National Life

गर्भनर अधिकारीले मुद्रास्फीति दर र नीतिगत दर सन्तुलनमा रहने जानकारी दिएका छन । ‘हामीले कात्तिकसम्मको तथ्यांकको आधारमा मौद्रिक नीति समीक्षा गरेका छौं ।’ गर्भनर अधिकारी भन्छन, ‘अहिले तपाईंहरुसँग उपलब्ध राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अशोज मसान्तसम्मको मात्र भएको कारण मद्रास्फीति दर भन्दा नीतिगत दर कम भएको जस्तो लागेको हो । कात्तिक महिनाको तथ्यांकमा मद्रास्फीति दर कम हुन्छ ।’

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकमा मद्रास्फीति दर ७.५० प्रतिशत रहेको छ । यसैगरी, राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा नीतिगत दर ५.५ प्रतिशत कायम गर्ने भनेको छ । यस अघि यस्तो नीतिगत दर ६.५ प्रतिशत रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया