• २२ भदौ २०८३, सोमबार
  • ८ः४० राती

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्री कपिल ढकाल नियुक्त

प्रकाशित मिति

२०८० मंसिर २१ गते, बिहीबार ०४:३२

मंसिर २१, २०८० काठमाडौँ: ज्योति विकास बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८० मंसिर २० गते बुधबार सम्पन्न ४७१औं बैठकले श्री कपिल ढकाल लाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका श्री कपिल ढकाल २०८०/०८/२० देखि लागु हुनेगरि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो । नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत श्री ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध हुनुहुन्थ्यो ।

National Life

चार्टर्ड एकाउन्टेन्ट रहेका श्री कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उहाँ एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुनुहुन्छ ।

नव–नियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उहाँको नेतृत्वमा आगामी दिनमा यस बैंकलाई थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिकृया