• २१ असोज २०८३, बुधबार
  • ७ः३८ बिहान

बुद्ध एयरले दिने भयो नवविवाहित जोडिलाई टिकट उपहार

प्रकाशित मिति

२०८० मंसिर २० गते, बुधबार ०४:५६

मंसिर २०, २०८० काठमाडौँ: बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने घोषणा गरेको छ । बुद्ध एयरले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएको हो । एयरलाइन्सका प्रवक्ता दिपेन्द्र कुमार कर्णका अनुसार बुद्धले नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो । यस सुविधा लिनका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

National Life

उक्त योजनामा सहभागी हुनका लागि वैवाहिक जोडी विवाहको ड्रेसमा हुनुपर्नेछ । यो योजना ३० मंसिरसम्म लागू हुने बुद्ध एयरले जनाएको छ ।

प्रतिकृया