• 11:38 pm

नेप्से १७.९३ अकंले घट्यो

प्रकाशित मिति

२०८० मंसिर १३ गते, बुधबार ०४:३०

मंसिर १३, २०८० काठमाडौँ: साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले घटेको छ । डाटा सेन्टरमा जाने पावर अफ हुँदा आज बिहान ११ बजेर २४ मिनेटमा कारोबार सुरु भएको थियो । कारोबार दिउँसो ३ बजेर २४ मिनेटमा बन्द भएको छ ।


नेप्से १७.९३ अंकले घटेर १८७६.६० को विन्दमुा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले घटेर ३५८.८९ विन्दु कायम भएको छ । १३ वटामध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ । अन्य उपसमूहको समूहगत सूचक भने बढेको छ ।


यसदिन २८५ धितोपत्रको ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर एक अर्ब एक करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ किनबेच भएको छ । विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घटेको छ ।

प्रतिकृया