• 3:11 pm

नेपाल सुपर लिगमा आज धनगढी र वीरगञ्ज भिड्दै

प्रकाशित मिति

२०८० मंसिर १० गते, आईतवार ०१:५९

मंसिर १०, २०८० काठमाडौँ: दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज आइतबार एक मात्र खेल हुँदै छ । आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नवप्रवेशी वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।


दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छन् । यसअघि शनिबार भएको खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोलले तथा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिकृया