लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा
प्रकाशित मिति
२०८० मंसिर १० गते, आईतवार ०१:२५
मंसिर १०, २०८० पोखरा : पोखरामा जारी केपी ओली कप टि( २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई ५ रनले हराएको छ । १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकीले १८.५ ओभरमा अलआउट हुँदै ९८ रन बनायो। गण्डकीका लागि सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए । अजय लुनियाले ३ विकेट लिए भने रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले समान २३९२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।
गण्डकीको लागि अमृत गुरुङले ३, चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए । समूह बीमा रहेका गण्डकी, लुम्बिनी र एपीएफको २९२ अंक छ । अंक बराबर भएपनि रनरेट बढि भएपछि एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सेमिफाइनलमा समूह सीका विजेतासँग खेल्नेछ ।
समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेको छ । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ ।
प्रतिकृया