नेपाली कांग्रेसद्धारा उदयपुरको स्कुल बस दुर्घट्नाप्रति दुःख व्यक्त
प्रकाशित मिति
२०८० मंसिर १० गते, आईतवार १२:०१
मंसिर १०, २०८० काठमाडौँ : उदयपुर जिल्ला त्रियुगा नगरपालिका(५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका(७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु र ३९ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले( मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
सवारी दुर्घटनाको यथार्थ छानविन गर्न तथा घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सभापति देउवाले सरकारसँग आग्रह गर्नु भएको छ ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया