• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

नागार्जुन नगरपालिका क्षेत्रमा स्मार्ट सडक बत्ति जडान हुने

प्रकाशित मिति

२०८० मंसिर ३ गते, आईतवार ११:०२

मंसिर ३, २०८० काठमाडौँ: नागार्जुन नगरपालिकामा स्मार्ट सडक बत्ति जडान हुने भएको छ । नगरपालिकाको चालु आर्थिक बर्ष २०८० /८१ को बजेटमा उल्लेखित सडक वत्ति जडान कार्यान्वयनका लागि नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी स्मार्ट सडक बत्ति जडान प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । नागार्जुन नगरपालिकाको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।


काठमाडौँ उपत्यका मेयर फोरर्मले समेत नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा सडक बत्ति जडानका लागि अनुरोधसहित पत्राचार गरेको र प्राधिकरणको समन्वय बैठकमा नगरपालिकाले ६५ र प्राधिकरणको ३५ प्रतिशत लागद साझेदारीमा नगरपालिकाले तोकेको स्थानमा स्मार्ट सडक बत्ति जडान हुन लागेको हो । नगर प्रमुख र विद्युत प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर गरी सडक बत्ति जडानको ठेक्का प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।

Kamana Sewa

त्यस्तै बैठकले नगरपालिका क्षेत्रमा सीसी टिभी जडानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसँग समन्वय गरी नगरपालिका क्षेत्रमा सीसी टिभी जडानका लागि ठेक्का प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सीसी टिभी जडानका लागि प्राधिकरणसँग नगर प्रमुखले अपासी दुई पक्षीय साझेदारी गरी नगरपालिका क्षेत्रको बढि चहलपहल हुने स्थानमा सीसी टीभी जडानका लागि ठेक्का प्रक्रियाको अगाडि बढाउने निर्णय भएको बैठकपछि नगरपालिकाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Classic Tech Desktop

नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकमा नगर उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र नगर प्रवक्ता महेश रिमाल लगायत सबै वडाका वडाध्यक्षसहितको उपस्थिती रहेको नागार्जुन नगरपालिकाले जनाएको छ ।

प्रतिकृया