• २४ भदौ २०८३, बुधबार
  • ४ः१३ बेलुका

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन विदेशमन्त्रीमा नियुक्त

प्रकाशित मिति

२०८० कार्तिक २८ गते, मंगलवार ०८:५६

कात्तिक २८, २०८० काठमाडौँ: बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ । योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आउनुभएको छ ।

National Life

ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उहाँ सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैगरी प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । सुनकले सोमबार सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीबाट पदमुक्त गर्नु भएको थियो ।

सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो । आलोचकहरूले ब्रेभरम्यानमाथि बेलायतमा प्यालेस्टिनी समर्थकको प्रदर्शन र प्रति–विरोधका क्रममा तनाव बढाएको आरोप लगाएका थिए । उक्त आरोपसँगै स्पष्टवादी दक्षिणपन्थी नेत्री ब्रेभरम्यानलाई हटाउन प्रधानमन्त्री सुनकमाथि दबाब बढेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्नो बर्खास्तपछि ब्रेभरम्यानले भन्नुभयो, “गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो ।” सत्तारूढ कन्जरभेटिभहरूले सुनकबाट शीर्ष मन्त्रीहरूमो ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो । सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो ।

करिब १४ वर्षदेखि सुनकको दल टोरीज सत्तामा छ । सुनक प्रधानमन्त्री भएपछि हालै गरिएका जनमत सर्वेक्षणमा सुनकको दल प्रमुख प्रतिपक्षी लेबर पार्टीसँग दोहोरो अङ्कको अन्तरले पछाडि परेको छ र अर्को वर्ष हुने निर्वाचनमा पराजित हुने व्यापक अनुमान गरिएको छ ।

प्रतिकृया