• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

युट्युबर मनाेज मानव पक्राउ

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०१:३३

कात्तिक २३, २०८० काठमाडौँ: युट्युबर मनोज मानव (मनोजकुमार महतो) पक्राउ परेका छन् । बुधबार साँझ मानवलाई नेपाल प्रहरीकाे साइबर ब्युराेले पक्राउ गरेकाे हाे । व्यक्तिकाे चरित्र हत्या गरेकाे तथा रकम माेलमाेलाइमा संलग्न भएकाे घटनामा मुछिएपछि उनी पक्राउ परेका हुन् ।

National Life

साइबर ब्युराेले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ । मानवले ‘स्टार अनलाइन’ युट्युब च्यानल चलाउँदै आएका थिए। उक्त च्यानलमार्फत् उनले एमाले नेता महेश बस्नेतसँग एक जना महिला जाेडी चरित्र हत्या गरेकाे आराेप लागेकाे थियाे ।


नेता बस्नेतले मानिसहरूलाई तर्साउँदै बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार पक्राउ परेको भन्दै प्रहरीलाई धन्यवादसमेत दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया