• 7:03 am

एमालेको सचिवालय बैठक सुरू

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ०१:४६

कात्तिक २२, २०८० काठमाडौँ: नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।


साथै, बैठकलेअध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्राको मिति तय गर्नेछ। यस्तै, बैठकमा भूकम्पपछिको राहत, पुन: स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको जनाएको छ ।

प्रतिकृया