• 11:25 pm

कांग्रेसका दुई महामन्त्री जाजरकोट जाँदै

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार १२:२१

कात्तिक २२, २०८० काठमाडौँ: नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) क्षेत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पठाएको छ । कांग्रेसले भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने जनाएको छ ।


उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरीबारे दुई महामन्त्रीले जानकारी लिनेछन् । ‘७ बुँदे कार्य’ मा केन्द्रीत रहि ‘एकद्वार प्रणाली’ अनुसार तिन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्नरगराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।


यस्तै, प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप महामन्त्रीद्वयले संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ । साथ,ै पार्टीले महामन्त्रीद्वयको नेतृत्वमा उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ को गठन पनि गरेको छ ।


कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । साथै, सांसदको आधा महिनाको पारिश्रमिक पनि राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ ।

७ बुँदे कार्य बिषय’ मा महामन्त्रीद्वय केन्द्रीत रहने

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्र आज पुग्दै हुनुहुन्छ । केहिदिन त्यहाँ रहेर उहाँहरुले– ‘७ बुँदे कार्य’ मा ध्यान केन्द्रीत गर्नुहुनेछ ।


(१) उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचार माध्यम मार्फत उजागर कमजोरीहरुको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।
(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरु बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण ।
(३) उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने /गराउने ।
(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भुमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनस्र्थापनामा सम्पादन गर्नुपर्ने बिषयहरुको अध्ययन गर्ने ।
(५) घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भुकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।
(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई बिशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।
(७) पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रुपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरु आईपर्न सक्छन्, सरोकारवालाहरुको सुझाबहरु के के छन्, आदि बिषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पु-याउनु हुनेछ ।

प्रतिकृया