• १८ भदौ २०८३, बिहीबार
  • ३ः५० दिउँसो

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ११:३७

कात्तिक २२, २०८० काठमाडौँ : कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई मिति २०८० कार्तिक १७ गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग​को समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ।


सो अन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भुकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको छ। उक्त रकम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक श्री वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी श्री हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो।

Kamana Sewa

ज्योति विकास बैंकले जाजरकोट स्थित शाखा मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा समन्व्य र सहयोग गर्दै आएको छ। बैंकले आगामी दिनहरुमा पनि जाजरकोटस्थित शाखा कार्यालय मार्फत दिर्घकालिन र दीगो कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

Classic Tech Desktop

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंक नागरिकको आवश्यकता अनुरुप आवश्यक सहयोग गर्दै आएको छ​। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउने कार्यलाई ज्योति विकास
बैंकले निरन्तरता प्रदान गर्दै आएको छ​।


ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिकृया