• 4:04 am

रास्वपा का सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई दिए १४ बुँदे सुझाव

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ११:३२

कात्तिक २२, २०८० काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । उनले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर भूकम्प प्रभावित क्षेत्रकाे वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा १४ बुँदे सुझाव दिएका हुन् ।


प्रधानमन्त्री दाहाललाई दिएकाे सुझावमा सभापति लामिछानेले विपद्का बेला समयमा नपुर्‍याइको सामानको महत्त्व हुँदैन रहेछ भन्ने सिकाइकासाथ आफू फर्किएको उल्लेख गरेका छन् ।


भूकम्प गएलगत्तै सभापति लामिछाने भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका थिए । उनले राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको र प्रमुख जिल्ला अधिकारीले सम्हाल्न नसक्ने स्थिति आएकाे जनाएका छन् ।


साथै उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरको पनि प्रश्न उठाएका छन् । सभापति लामिछानेले भूकम्पपीडितले आफ्नाे जाेहाे आफैं गर्न संघर्षरत रहेकाे जनाउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन प्रधानमन्त्री दाहाललाई उपयुक्त कदम चाल्न पनि सुझाव दिएका छन् ।

प्रतिकृया