ईलाका प्रहरी कार्यालय चोप्राङ र बेथानको नवनिर्मित भवन उद्घाटन
प्रकाशित मिति
२०८० कार्तिक २१ गते, मंगलवार ०३:३७
कात्तिक २१, २०८० काठमाडाैं : ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको नवनिर्मित कार्यालय तथा व्यारेक भवनहरू उद्घाधटन भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले सोमबार आयोजित कार्यक्रमबीच दुवै भवनहरूको उद्घाटन गरेका हुन ।
बागमती प्रदेश सरकारको बजेटबाट उक्त नवनिर्मित ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको कार्यालय तथा व्यारेक भवनहरूको निर्माण सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति रामेछापका उप-प्रमुख, खाँडादेवी र सूनापाती गाउँपालिकाका अध्यक्षहरू, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया