उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि काग्रेसको २१ बुँदे सुझाब
प्रकाशित मिति
२०८० कार्तिक २१ गते, मंगलवार ११:४२
कात्तिक २१, २०८० काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि तत्कालीन र अल्पकालीन २१ उपायहरुबारे कार्यन्वयन गर्न सुझाब दिएको छ ।
आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर यस्तो सुझाव दिएको हो । कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसहित टोली बालुवाटार पुगेर सहयोग रकम हस्तान्तरण गर्दे २१ बुदे सुझाब दिएको हो ।
काग्रेसले अत्यावश्यक सामग्रीहरु अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा कृयाशिल राजनैतिक दलहरु र संघ-संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव समेत दिएको छ ।
प्रतिकृया