• 4:44 pm

भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङले हस्तान्तरण गरे १ करोड ११ लाखको चेक

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ०१:२९

कात्तिक २०, २०८० काठमाडौँ: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् ।


उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । यस अघि नै भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने घोषणा गरेका गुरुङले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो रकम बराबरको रकम हस्तानतरण गरेका हुन् ।


त्यस्तै भूकम्प प्रभावितहरुको राहतका लागी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ठूलो रकम जम्मा भएको छ ।

प्रतिकृया