• २१ असोज २०८३, बुधबार
  • ७ः५० बिहान

नेपाल वायुसेवा निगमले भूकम्पबाट घाइते भएकाहरुको लागि निःशुल्क उद्दार उडान तथा राहत सामाग्री ढुवानी गर्ने

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ११:२०

कात्तिक २०, २०८० काठमाडौँ: नेपाल वायुसेवा निगमले मिति २०८० कात्र्तिक १७ गते राती करिव ११ः४७ बजे कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र बिन्दु भई गएको विनासकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा समेत ठूलो धनजनको क्षति हुन पुगेको अवस्थामा भूकम्पमा परी ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

National Life

यस विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा उद्दार कार्यमा खटिन श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूको विशेष निर्देशन अनुसार नेपाल वायुसेवा निगमको 9N-ABT कल साइनको ट्वीनअटर विमान तत्कालै परिचालन भई मिति २०८० कात्र्तिक १८ गते बिहान ८ः१७ बजे रुकुम तर्फ उडान भरी नेपाल सरकारको समन्वयमा घाइतेहरुलाई नेपालगञ्ज तथा काठमाण्डौं सम्म उद्दार गरी लगिएको र उक्त विमानमार्फत निगमले सो क्षेत्रमा आफ्नो सेवा सुचारु राखेको छ । भूकम्प प्रभावित क्षेत्रबाट उद्दार गरिएका घाइते र कुरुवाको हवाई भाडा सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले निःशुल्क गर्ने निर्णय गरेको छ । साथै, नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामाग्री समेत जहाजको क्षमता र ठाउँ उपलव्धताको आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्युल उडानमा निःशुल्क ढुवानी गरिने बताएको छ ।
राष्ट्रलाई समस्या परेको बेला विगतमा झैं नेपाल सरकारको निर्देशन बमोजिम यस पटक समेत आपत विपत् परेका नेपालीहरुको उद्दारमा खटिई राष्ट्रलाई योगदान गर्न सकेकोमा गौरवान्वित महसुस भएको बताएको छ । यस्ता उद्दार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिति देखाउन राष्ट्रिय ध्वजावाहकको आवश्यकता र महत्व अझै टड्कारो रुपमा देखिएको छ ।


यस उद्दार उडानका चालक कप्तान पेम्बा शेर्पा लगायत सम्पूर्ण उडान दल, कर्मचारी, सहयोगी निकाय, नेपाल सरकार एवम् समस्त सहयोगी हातहरुप्रति विशेष धन्यवाद दिदै निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले आभार प्रकट गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया