• 10:01 pm

भूकम्प पीडितको राहतका लागि माओवादी केन्द्रले ५० लाख दिने

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार ०४:५६

कात्तिक १९, २०८० काठमाडौँ: सत्तारुढ दल माओवादी केन्द्रले जाजरकोट–रुकुमपश्चिम लगायत जिल्लाका भूकम्प पीडितको उद्धार र राहतको लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले निर्णय गरेको हो ।


त्यस्तै राहत र पुनःनिर्माणका लागि प्रदेश तथा मातहतका कमिटीलाई परिचालनको जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । शुक्रबार राति जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका कारण ठूलो धनजनको क्षती भएको छ । हालसम्म १५७ जनाको निधन भएको छ भने २५६ जना घाइते भएका छन् ।


यता सत्तारुढ दल नेपाली कांग्रेसले ५० लाख दिने निर्णय गरेको छ भने अन्य राजनीतिक दलसहित विभिन्न संस्थाहरुले पनि सहयोग गरिरहेका छन् ।

प्रतिकृया