• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

प्रकाशित मिति

२०८० कार्तिक १८ गते, शनिबार ११:०८

कात्तिक १८, २०८० काठमाडौँ: विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

National Life

तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।


गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसिसी पुरूष प्रिमियर कपका लागि ७९ लाख, २०७९ फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यु–१९ पुरूष सिडब्लुसी– एसिया क्वालिफायरका लागि ४६ लाख र आइसिसी सिडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार निकासा भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडी लगायतलाई बधाइ दिँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिए।


साथै शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई उनले बधाइ दिँदै फाइनलमा सफलताका लागि शुभकामना दिए।

प्रतिकृया