• ११ असोज २०८३, आइतबार
  • ३ः१८ दिउँसो

नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु, माथिको आदेश भन्दै कानुन नमिच्नु: मन्त्री श्रेष्ठ

प्रकाशित मिति

२०८० कार्तिक १७ गते, शुक्रबार ०३:४३

कात्तिक १७, २०८० काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएकी छन् । शुक्रबार गुठी संस्थानको ६०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

National Life

कहिलेकाहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु । तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’ , मन्त्री चौधरीले भनिन्, ‘यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।’ आम नागरिक तथा सेवाग्राहीहरुको काम चुस्तदुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न उनले सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिइन् ।


गुठी संस्थानमा कर्मचारी तथा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको बताउँदै त्यसको समाधानका निम्ति आफू लागि परेको उनले बताईन् । गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएको छ । त्यसलाई अनुगमन, नियन्त्रण, नियमन तथा कारवाही गर्नका लागि कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव रहेको मैले बुझेको छुझ उनले भनिन्, ‘यस्ता खालका समस्या समाधान गर्न हामी छिट्टै ऐनको मस्यौदा छिट्टै तयार गरी संसदमा पेश गर्ने, विशेषगरी कर्मचारीको मूल गुनासोको रुपमा रहेको कर्मचारी विनियमावली स्वीकृतिको लागि मन्त्रालयले यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्नेछ । सो पश्चात संस्थानको रिक्त पद पूर्तिको प्रकृया अगाडि बढाउने प्रतिबद्वता समेत व्यक्त गर्न चाहन्छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया