• ११ असोज २०८३, आइतबार
  • ३ः०० दिउँसो

विश्वकप टी—२० : ओमानविरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्ने

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०८:४३

कात्तिक १६ , २०८० काठमाडाैं : आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

National Life

टीयू मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्।  खेल बिहान ९ बजे सुरु हुनेछ। समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए। घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ।


आज हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो। 

Classic Tech Mobile
Classic Tech Desktop

आजै यूएई र हङकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुँदै छन्। यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ।

प्रतिकृया