• १२:१७ २०८० फाल्गुन ११ गते
  • 12:17 pm

इजरायली सेनासँगको भिडन्तमा ४ प्यालेस्टाइनीको मृत्यु

प्रकाशित मिति

२०८० कार्तिक १५ गते, बुधबार ०३:१४

israel1

कात्तिक १५, २०८० एजेन्सी : वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनासँगको आक्रमणमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।


इजरायली सेनाले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएको बताइएको छ । झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो ।


मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।

प्रतिकृया