• १० असोज २०८३, शनिबार
  • ४ः३८ बेलुका

गुटेरेसले संसदबाट प्रकट गरे हमास आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको परिवारमा समवेदना

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ०४:४२

कात्तिक १४, २०८० काठमाडौँ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गर्दै इसरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

National Life

मंगलबार अपराह्नमा संयुक्त बैठकमा समवेदना तथा श्रद्धाञ्जली व्यक्त गरेका हुन्।


‘हजारौं माइल टाढा इसरायलमा हमासको आक्रमणबाट नेपाल पनि पीडित बनेको छ। म हमासको आक्रमणबाट ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु। र सम्पर्कबिहीन रहेका विपिन जोशीको सुरक्षित तवरले फर्किउन् भनेर कामना व्यक्त गर्न चाहन्छु,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

उनले नेपाल शान्तिको देश समेत भएको बताएका छन्।


सम्बोधनको क्रममा उनले नेपालमा आफ्नो दोस्रो भ्रमण भएको बताएका छन्। यसअघि सन् १९७८मा नेपाल आएको पनि उनले जानकारी दिए।

प्रतिकृया