• २१ असोज २०८३, बुधबार
  • ८ः०० बिहान

युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न लुम्बिनीबाट गुटेरेसको आग्रह

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार १२:५१

कात्तिक १४, २०८० काठमाडौँ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्नुभएको छ । मंगलबार बिहान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि पुग्नु भएका महासचिव गुटेरेसले युद्धग्रस्त मुलुकहरूलाई शान्तिको मार्गमा लाग्न आग्रह गर्नुभएको हो ।

National Life

महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो । उहाँले भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताउनु भयो ।


उहाँले अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया