• १२:३० २०८० फाल्गुन ११ गते
  • 12:30 pm

आज चार वटा संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार १०:५६

Sansad baithak 1

कात्तिक १४, २०८० काठमाडौँ: मंगलबार (आज) ४ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ।


बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर; बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा छलफल हुनेछ ।


साथै नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा माछा, दुध, मल र चिनीको बिक्री वितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।


त्यस्तै बाँदर नियन्त्रण सम्बन्धी विषय र खाद्य स्वच्छता सम्बन्धी विधेयकको प्रगति विवरण सम्बन्धी आन्तरिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ ।


त्यस्तै दिउँसो १२ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

प्रतिकृया