• २१ असोज २०८३, बुधबार
  • ८ः०३ बिहान

कलैयामा गोली लागेर घाइते भएका प्रिन्सिपल रुपेश सर्राफको निधन

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार ०३:४३

कात्तिक १३, २०८० बारा : अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपलको उपचारको क्रममा निधन भएको छ । ‘गुड्‍डु’ भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

National Life

गोली प्रहारपछि घाइते भएका सर्राफलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकका अनुसार उनको उपचारको क्रममा निधन भएको हो । ‘गोली लागी घाइते भएका सर्राफको उपचारको क्रममा निधन भएको छ,’ बाराका डीएसपी दधिराम न्यौपानेले भने, ‘घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं ।’


कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको थियो । उनको टाउको र छातिमा गोली लागेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया