• १९ भदौ २०८३, शुक्रबार
  • ११ः५१ बिहान

बंगलादेशमा दक्षिण एशियाकै पहिलो पानीमुनिको सुरुङ सञ्चालनमा

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार ११:१३

कात्तिक १३, २०८० एजेन्सी : दक्षिण एशियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ । शनिवारबाट बंगलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका लागि सञ्चलनमा ल्याइएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गर्नुभयो । बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना र चिनियाँ राजदुत याओ वेन पनि सहभागी हुनुहुन्थ्यो । राजधानी ढाकाबाट करिव २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।


यो दुई पक्षका जनता, व्यापार र पर्यटनका लागि ठूलो अवसर भएको बंगलादेश निवासीहरु बताउँछन् । यो चीन र बंगलादेशको लागि सहकार्य झनै बढाउने अवसर भएको स्थानीय आनन्द बरुआ बताउनु हुन्छ ।

Kamana Sewa

सुरुङले प्रश्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ । चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय शहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउने छ ।

Classic Tech Desktop

बंगलादेशमा चीनले निरन्तर सहयोग गरिरहेको उहाँको भनाइ छ ।

प्रतिकृया