• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि भिड्दै नेपाल र युएई

प्रकाशित मिति

२०८० कार्तिक १० गते, शुक्रबार ०९:१३

कात्तिक १०, २०८०, काठमाडौं: त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको नेपाल र तीन खेल हारका बाबजुत फाइनल पुगेको युएई उपाधि होडमा भने नेपाललाई हराउने लक्ष्यमा रहेको छ।

National Life

नेपाल, युएई र हङकङ समिलित सिरिजमा नेपालले युएई र हङकङलाई सबै ४ खेलमा पराजित गरेको थियो। युएईले भने हङकङलाई एक खेलमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने छ। यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल रवाफिलो प्रदर्शन गर्न सफल भयो। युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुग्न सफल भयो।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो। यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो।

१३ कात्तिक देखि काठमाडौंमै सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका रुपमा आयोजना भएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर आफ्नो विश्वकप छनोटको सम्भावनालाई पनि बलियो बनाउने लक्ष्यमा नेपाल रहेको छ।

टी-२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन्। जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ। नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी-२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो।

तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २-१ ले जितेको थियो। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो।

प्रतिकृया