• २१ असोज २०८३, बुधबार
  • ७ः५९ बिहान

दुर्गा पूजालाई विशेष बनाउन सावित्री कंचनजंगा अगरबत्तीकाे सहकार्य, साथमा दसैं अफर पनि

प्रकाशित मिति

२०८० कार्तिक ६ गते, सोमबार ०२:४१

कार्तिक ६, २०८० काठमाडौं : सावित्री कंचनजंगा अगरबत्तीले बिजया दशमीको अवसरमा दुर्गा पूजालाई भव्य बनाउनका लागि विभिन्न धार्मिक तथा व्यवसायिक स्थलमा सहकार्य गरेको छ। सावित्री कंचनजंगा अगरबत्तीले पशुपतिको दुर्गा पूजा, कालीमाटी तरकारी बजार, कुपनडोलको राममन्दिर, अग्रवाल भवनलगायतका स्थानमा दुर्गा पूजालाई विशेष बनाउन सहकार्य गरेको हो।साथै सावित्री कंचनजंगा अगरबत्तीले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि दसैँलक्षित अफर ल्याएको छ।

National Life

दसैँलाई लक्षित गर्दै ‘स्क्यान दनादन उपहार टनाटन’ अफर ल्याएको कम्पनीका बजार प्रबन्धक पुस्कर केसीले जानकारी दिए।
विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टीफाईड सावित्री कंचनजंगा अगरबत्तीले समय-समयमा आफ्नो होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउँदै आएको छ। 


डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले सो आकर्षक अफर सार्वजनिक गरेको हो। यस अफरअन्तर्गत हरेक सावित्री कंचनजंगा अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा रु १००, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन, स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्ती लगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन्। पूर्वदेखि पश्चिम नेपालसम्म, हिमाल देखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ। सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू नेपाल बाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाममा पनि निर्यात हुँदै आएका छन्।

प्रतिकृया