कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान
प्रकाशित मिति
२०८० कार्तिक २ गते, बिहीबार ०५:०३
कात्तिक २, २०८० काठमाडौँ: नेपाली कांग्रेसले कोजागत पूर्णिमाको दिन चियापान कार्यक्रम राखेको छ। कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम राखिएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए । दिउँसो १ बजेदेखि सुरु हुने चियापान कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेता, विदेशी निकायका प्रमुखहरु, कुटनीतिक निकाय लगायतलाई निमन्त्रणा गरिसकेको पौडेलले जानकारी दिए।
१५ हजार बढी कार्यक्रममा उपस्थित हुने उनले दाबी गरे । बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई २०३३ सालमा नेपाल फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा सुरु गरेको थियो ।
‘चियापानको सबै तयारी पूरा भएको छ, हामीले सबैलाई निमन्त्रणा गरिसक्यौँ,’ पौडेलले भने, ‘कोभिडको बेलामा बाहेक अहिलेसम्म निरन्तर चियापान राख्ने कार्यक्रम रोकिएको छैन ।’








प्रतिकृया