• २१ असोज २०८३, बुधबार
  • ७ः५९ बिहान

ललितपुरको लेलेमा २८ वटा बंगला बन्दै, ५१ रोपनीको कोलोनीमा बंगला र घडेरी बुकिङ गर्नेलाई उपहार

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार ०४:३३

कात्तिक २, २०८० काठमाडौँ: ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुल्ला गरेको जनाएको छ ।

National Life

लेले बसपार्कबाट २ सय मिटर भित्र पर्ने उक्त कोलोनी द पीएम ग्रुप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भईरहेको छ । सरकारी माफण्ड अनुसार २० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा १३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बंगला र १०२ वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ । बंगला तथा घडेरी बुकिङ भईरहेको जनाएको कम्पनीले दशैं तथा तिहारमा बुकिङ् गर्नेहरुका लागि विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरेको छ ।


दशैंमा बैना वा पास गर्नेहरुले विशेष छुट र लक्की ड्र मार्फत टाटाको नेक्सन कार जित्न सक्ने जनाएको कम्पनीले जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहारमा दिने बताइएको छ । टिकटकमा भिडियो बनाउनेहरुलाई पनि ५ देखि १५ हजारसम्म नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारको मापदण्ड बमोजिम न्यूनतम चार आना दुई दामदेखि माथिका घडेरीहरु उपभोक्ताका लागि उपयुक्त हुने जनाएको कम्पनीले चार आना दुई दाममा बन्ने अढाई तल्ले बंगलाको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेको छ भने प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजाररुपैयाँको दरमा दरमा घडेरी किन्न सकिनेछ ।


५ वर्षसम्मका लागि ५५ प्रतिशतसम्म फाइनान्सिङ सुविधामा बंगला तथा घडेरी खरिद गर्ने व्यवस्था गरिएको जनाएको कम्पनीले वैदेशिक रोजगारीमा भएकाहरुलाई ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ । जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी गरिने दाबी पनि कम्पनीले गरेको छ ।


पाँचतिरबाट पुग्न सकिने कोलोनीमा तत्कालै घर बनाएर बस्न सकिने कम्पनीको भनाई छ । जग्गामा पिच रोड, पार्क, बिजुली र पानीको राम्रो सुविधा हुनेछ । चारैतिर हरियाली सुन्दर वातावरण र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनोरम दृश्यको अवलोकन गर्न सकिनेछ कोलोनीमा सौर्य उर्जाबाट सडकबत्ती सञ्चालन गर्ने काम भईरहेको छ ।

प्रतिकृया