• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने, यस्तो छ समयतालिका

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार ०३:५८

कात्तिक २, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ ।

National Life

सार्वजनिक समय तालिका अनुसार उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।


त्यस्तै सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया